प्रदेश१ मा तीन वर्षमा बलात्कारका एक हजार ६२५ घटना आधाभन्दा बढी घटना झापा, मोरङ र सुनसरी जिल्लामा मात्र
प्रदेश १ मा प्रत्येक वर्ष जबरजस्ती करणीका घटना बढेको देखिएको छ । पछिल्ला तीन वर्षको अवधिमा एक हजार ६२५ वटा जबरजस्ती करणीका घटना भएका छन् । प्रदेशका कुल १४ जिल्लामा बर्सेनि औसत ५ सय बढीको संख्यामा जबरजस्ती करणीको घटना हुने गरेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ, जसमा ५ वर्षे शिशुदेखि ७० वर्षीया वृद्धा समेत बलात्कारमा परेका छन् । प्रदेश १ प्रहरी कार्यालय विराटनगरको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७७/०७८ मा प्रदेश १ मा कुल ५९० वटा जबरजस्ती करणीका घटना भएका छन् । गत आर्थिक वर्षमा जबरजस्ती करणीको घटनामा १८ वर्षभन्दा माथि ५९ वर्षसम्मका ३१७ जना पीडित भएका छन् । यस्तै, ५ वर्षदेखि १८ वर्ष उमेर समूहमा २७० जना र ६० देखि ७० वर्ष उमेरका १२ जना जबरजस्ती करणीको घटनामा पीडित भएका छन् । आर्थिक वर्ष २०७६/०७७ मा प्रदेशभरि कुल ४७६ वटा जबरजस्ती करणीका घटना भएका छन् । जसमध्ये पाँच वर्षदेखि १८ वर्ष उमेर समूहका २७७ जना बलात्कारमा परेका छन् । सो आर्थिक वर्षमा ६० देखि ७० वर्ष उमेर समूहका १० जना वृद्धा बलात्कारमा परेका छन् । आर्थिक वर्ष २०७५/०७६ मा प्रदेशभर कुल ५५९ जबरजस्ती करणीका घटना भएका छन् । प्रदेशका १४ मध्ये तीन जिल्लामा ५० प्रतिशतभन्दा बढी घटना प्रदेश १ मा आर्थिक वर्ष २०७५/७६ मा बलात्कारका कुल ५५९ घटनामध्ये झापा, मोरङ र सुनसरीमा मात्र कुल ३४० घटना भएको छ । बाँकी ११ जिल्लामा २१९ त्यस्ता घटना भएको प्रहरीले जनाएको छ । यस्तै आर्थिक वर्ष २०७६/७७ मा प्रदेश १ का १४ जिल्लामा गरी ४७६ बलात्कारका घटना भएकोमा झापा, मोरङ र सुनसरीमा मात्र कुल २७५ घटना भएका छन् । बाँकी ११ जिल्लामा २०१ त्यस्ता घटना भएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । आर्थिक वर्ष २०७७/७८ मा प्रदेश १ का १४ जिल्लामा गरी बलात्कारका कुल ५९० घटना भएकोमा झापा, मोरङ र सुनसरी गरी तीन जिल्लामा मात्र ३४४ त्यस्तो घटना भएको पाइएको छ भने बाँकी ११ जिल्लामा २४६ वटा घटना भएको छ । चालु आर्थिक वर्षको पहिलो महिनामा मात्र प्रदेशमा ४४ वटा जबरजस्ती करणीका घटना भएका छन् । ती घटनामा ५ देखि १८ वर्ष उमेर समूहका २९ जना, १८ देखि ५९ वर्ष समूहका १३ जना र ६० देखि ७० वर्ष उमेर समूहका दुई जना बलात्कृत भएका छन् । प्रदेश १ प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नविनराज राईका अनुसार सहरी क्षेत्रमा सामाजिक सञ्जालको बढ्दो दुरुपयोगका कारण यौनजन्य हिंसाका घटना बढेको हो । उनी भन्छन्, ‘हामीले त्यस्ता घटना बढी हुने सहरी क्षेत्रमा निगरानी बढाएका छौं ।’ प्रहरी उपरीक्षक राईले ललाई फकाई तथा प्रेम विवाहको प्रलोभनमा पारेर यौनजन्य हिंसा गराउने प्रचलन बढी पाइएको बताए । त्यस्ता प्रकृतिको घटनाका पीडकको उमेर समूह...